भक्तपुरको ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको छ । बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ ।
स्कुटरमा सवार व्यक्तिको ज्यान गएको छ । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध र आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






