पोखराका स्कुल बसको छडके अनुगमन, ३ वटालाई कारवाही


  प्रकाशित मिति : २०८१ साउन ३१ गते, १०:०७

पोखरा नगरभित्र संचालित स्कुल बसहरुको अनुगमन तथा चेकजाँच गरिएको छ । स्कुल बसहरुमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न नगरभित्र संचालित बसमा चेकजाँच गरिएको हो ।

बुधबार भएको चेक जाचँ तथा अनुगमनमा ५५ वटा स्कुलका सवारी साधन चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नेतृत्वमा पोखराको जिरो किमि स्थित सडकखण्डमा पोखरा नगरभित्र संचालित स्कुल बसहरुको गति लिमिट एवं सिट क्षमता सम्बन्धी चेक जाचँ गरिएको हो ।

५५ वटा स्कुलका सवारी साधन चेकजाँच गर्दा ३ वटा स्कुल बसले सिट क्षमता भन्दा बढी बिद्यार्थीहरु राखी संचालन गरेको पाईएकोले कारबाही गरिएको छ । त्यसैगरी अन्य सवारी साधनहरुमा जिल्ला ट्राफिक कार्यालय कास्कीबाट तयार गरिएको स्पिड लिमिट सम्बन्धी ५५ थान स्टिकरहरु टाँस गरी सडक सुरक्षा सम्बन्धमा जानकारी दिइएको कास्की प्रहरीले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।