भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा


  प्रकाशित मिति : २०८१ साउन २९ गते, ४:२७

पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ ।


सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो । नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो ।

अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।