धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक यही साउन मसान्तसम्ममा हस्तान्तरण गरिने भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत १३ किलोमिटर चार सय मिटर ९१३ दशमलव चार सय मिटर० सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै यही साउन मसान्तभित्र ठेकेदार कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गर्न लागेको हो ।
ठेकेदार कम्पनीले सडक कालोपत्र गर्ने काम सम्पन्नपछि सो सडकखण्डमा ट्राफिक सङ्केतअन्तर्गत साइनबोर्ड, जेब्रा क्रसिङ, सडक बोर्ड मार्किङ राख्नेलगायत सबै काम मापदण्डअनुसार सम्पन्न गरिसकेकाले साउनभित्रै आयोजना कार्यालयलाई हस्तान्तरण गर्न लागेको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७९र८० मा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन । सो सडक निर्माणका लागि गत आव २०८०र८१ मा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र गर्ने काम सुरु भएको थियो ।
धनगढी–स्याउले–हाटखोलीसम्म १३ किलोमिटर चार सय मिटर ९१३ दशमलव चार सय०मा कालोपत्रको काम गत असारमा सम्पन्न भइसकेको उहाँले बताउनुभयो । धनगढी–स्याउले सडकखण्ड र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताउनुभयो ।
धनगढी–स्याउले सडकखण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पीपलचौताराबाट स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि ९१३ दशमलव चार सय मिटर०मा कालोपत्र गर्न रु १६ करोड ४० लाखमा ठेक्का भएको थियो । आयोजना कार्यालयले दिएको जानकारीअनुसार चार खण्डमा सडक निर्माणको काम हुँदै गरेकामा धनगढी–स्याउले सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न भएको छभने बाँकी सडकखण्डमा काम हुँदैछ ।
डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रको काम पनि धमाधम भइरहेको आयोजना कार्यालयले जनाएको छ । दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गरिरहेको छ । विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन ।
विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणकार्यले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ । सो सडक धनगढी–खुटिया–डोटीको बिपीनगर, जोरायल, केआई सिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ । सो सडकखण्डअन्तर्गत दिपायलसम्म ट्रयाक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको जनाइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







