सिस्नेरीमा सुमो दुर्घटना १० जना घाइते


  प्रकाशित मिति : २०८१ साउन १९ गते, १०:२२

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिवार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडाैँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो आफै अनियन्त्रित भई सडकको नाला साइडमा पल्टिएको हो । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।