तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी कोरिडोर


  प्रकाशित मिति : २०८१ साउन १८ गते, ६:३२

तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोको कारण कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो । मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए  ।

कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताए । यस क्षेत्रमा ठूलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद हुँदै आएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।