नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझेपछि संचारकर्मीसँगको कुराकानीमा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।
उहाँले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताउनुभयो । उहाँले अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताउनुभयो ।
यता, अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको जानकारी दिनुभयो । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताउनुभयो । तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको जानकारी गदनुभयो ।
पाइलट शाक्यलाई बिहिवार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







