हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्र्याक्टर ट्रनिङ नपुगेर चिप्लिँदा सडकभन्दा ५० मिटरभन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षीय धनबहादुर सुनार उहाँका सहयोगी (सहचालक) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
घाइते दुवै जनालाई जिल्ला अस्पताल हुम्लामा पु¥याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । चालक सुनारको घाँटीमा र सहयोगी प्रितीको ढाड, टाउँको र दाँहिने हातमा चोट लागेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







