नागढुङ्गा-नौबिसे सडक खण्ड अवरुद्ध


  प्रकाशित मिति : २०८१ साउन १५ गते, ८:२३

अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौबिसे सडक खण्ड अबरुद्ध भएको छ।

धुनीवेशी नगरपालिकास्थित वडा नम्बर-९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो आउँदा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको  धादिङ प्रहरीले जनाएकाे छ। 

लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ। 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।