पोखरा–पोखरा महानगरपालिका–२१ छरछरेमा विद्याथी बोकेको बस दुर्घटनमा भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलको बस आज सोमबार बिहान दुर्घटनामा परेको हो । उक्त बस विद्याथी,अभिभावक र शिक्षक बोकेर विद्यालय तर्फ गैैरहेको र एक्कासि ब्रेकफेल हुनपुगी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उक्त बसमा २६ जना विद्याथी, एकजना शिक्षक, एकजना कार्यालय सहयोगी, चालक र सहचालक सवार रहको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले यातायात टिभी लाई जानकारी दिनुभयो ।
बसमा सवार कार्यालय सहयोगी आरती विक र उनका ६ वर्षीय छोरा अर्थात उक्त विद्यालयका विद्याथी प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको पोखरा महानगरपालिका २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले जानकारी दिनु भयो । ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित आज बिहान दुर्घटनामा परेको थियो । उक्त स्थानमा ग्राभेल गरेको सडको रहेको र बस सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







