ट्याक्सी व्यवसायीहरुले २ पांग्रे तथा ४ पांग्रे (रातो नम्बर प्लेट)लाई सार्वजनिक सवारी साधन सरह यात्रु ओसारपसार गर्ने गराउने कार्य रोक्न माग गरेका छन् ।अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति, नेपाल ट्याक्सी चालक संघलगायतले विज्ञप्ति निकाल्दै रातो नम्बर प्लेट भएका मोटरसाइकल र ४ पांग्रे सवारीसाधनमा यात्रु बोक्न रोक्नुपर्ने माग राखेका छन् । उनीहरुले उक्त कार्य नरोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
‘हामीले पटकपटक सम्बन्धित निकायहरुमा कानूनविपरीत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ को वर्खिलाप हुनेगरी २ पांग्रे तथा ४ पांग्रे (रातो नम्बर प्लेट)का सवारीसाधनहरुलाई सार्वजनिक सवारीका साधनसरह यात्रु ओसारपसार गर्ने गराउने कार्यलाई रोक्न अग्रह गरेका थियौं । सम्बन्धित निकायले हाम्रो आग्रहलाई बेवास्ता गरी कानूनविपरीतका कार्यहरु तत्काल नरोकेमा ट्याक्सी व्यवसायी र पेशाकर्मीहरु आन्दोलित हुनेछौं’, विज्ञप्तिमा भनिएको छ ।
रातो नम्बर प्लेट भएका बाइकले पठाओ र इन्ड्राइभ सञ्चालन गरिरहेका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







