फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह


  प्रकाशित मिति : २०८१ साउन १० गते, १०:३४

काठमाडौँ । राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै ट्राफिक प्रहरीमार्फत कार्यालयमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित १५ दिनभित्र दाबी पेस गर्न आग्रह गरेको हो ।

तोकिएको समयभित्र हक दाबी नपरे ती सवारी साधन नेपाल सरकारको मातहतमा जाने समेत विभागले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।