जहाज दुर्घटना अपडेट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध


  प्रकाशित मिति : २०८१ साउन ९ गते, १२:१६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ ।

केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।