यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती


  प्रकाशित मिति : २०८१ साउन ८ गते, १:४३

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरूमा सेवाग्राहीले पाउने सास्ती उस्तै छ ।

दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले सास्ती भोगे । मंगलबारदेखि सर्भर चल्न थालेसँगै सेवाग्राहीको भीड कार्यालयहरूमा लागेको छ ।

दुई दिनसम्म सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएपछि यातायात कार्यालयमा सेवाग्राहीहरूको बाक्लो भीड लागेको हो ।

ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो ।

केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।