सिमलताल दुर्घटना : घटनास्थलदेखि केराबारीसम्म दोहोर्‍याएर खोजी गरिँदै


  प्रकाशित मिति : २०८१ साउन ८ गते, ९:२७

सिमलताल दुर्घटनामा बेपत्ता भएका बस र यात्रु खोज्न घटनास्थलदेखि केराबारीसम्म आज दोहोर्‍याएर खोजी गरिँदै छ । उक्त क्षेत्रमा केहि शंकास्पद वस्तु भएको हुन सक्ने अनुमान भएकाले दोहोर्‍याएर खोजी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडीआरएफ)सहितको संयुक्त टोलीले बिहान साढे ८ बजेदेखि उक्त क्षेत्रमा खोज तथा उद्धारको काम गर्दै छ । एनडीआरएफ, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले गोलाघाटसम्मै खोज तथा उद्धारको काम गरिरहेको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । दुर्घटना भएको आज ११ दिन भइसक्दा पनि दुवै बस भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेको छ भने १९ जनाको मात्रै सनाखत भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।