चितवनको फिस्लिङमा पहिरो, यातायात सेवा अवरुद्ध


  प्रकाशित मिति : २०८१ साउन ७ गते, ६:५९

काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान लेदो माटोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भइरहेको र स्थिति सहज भए सडक खुलाउन अझै दुई घण्टा लाग्ने छ ।

पहिरोले सडक अवरुद्ध भएपछि थुप्रै सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।