ललितपुर महानगरले सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो दमकल


  प्रकाशित मिति : २०८१ साउन ६ गते, १२:३४

ललितपुर – ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ। १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो ।

ललितपुरले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।

ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले पुरानो दमकल पुनः प्रयोगमा आएकोमा हर्ष व्यक्त गरेका छन् ।

बेलायतकी महारानीले नेपाललाई उपहार दिएको १०६ वर्ष पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।