धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ ।
‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको ¥याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो । धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको बताउनुभयो ।
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्यालीमा दुई सय जना सहभागी थिए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







