काठमाडौं- बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।
शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो ।
सबैभन्दा पछाडि रहेको बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन ।
पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।
अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।
मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमी पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







