रत्ननगरमा मोटरसाइकल र अटो ठोक्किदा दुई जना घाइते, एकको अवस्था गम्भिर


  प्रकाशित मिति : २०८१ साउन ३ गते, ११:१४

रत्ननगर नगरपालिका–७ घण्टाघरमा गएराति मोटरसाइकल र अटो आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

बुधवार राति ११ः४० बजेको समयमा सौराहाबाट चित्रसारीपुलतर्फ आउँदै गरेको ना ५५ प ९६०२ नम्बरको मोटरसाइकल र चित्रसारीपुलबाट चराचोक जाँदै गरेको बगमती प्रदेश ०३–००१ प १५७१ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।

दुई सवारी आपसमा ठोक्किदा मोटरसाइकल चालक रत्ननगर–८ बस्ने वर्ष २२ को बिशाल ठकुरी सामान्य घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ ।

अटोमा सवार कालिका नगरपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी कुमाल गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको दाहिने हात र निधारमा चोट लागेको छ । गम्भिर घाइते कुमाललाई उपचारका लागि बकुलहर टाँडी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।