काठमाडौँ- चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ।
केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाएपनी त्यसले काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ।
प्रहरीका अनुसार समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको छ।
यता शस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







