मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्धार कार्यका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उद्धार कार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहे पनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराएका थिए ।
लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफूले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताए । प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गरे । अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै पर्याप्त नभएको उनको भनाइ छ ।
चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।
असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं। र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







