सडक दुर्घटना न्यूनीकरण गर्न नीति बन्ने


  प्रकाशित मिति : २०८१ असार ३१ गते, ४:०५

काठमाडौँ- यातायात तथा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना न्यूनीकरण गर्न नीति बनाउने प्रतिबद्धता जारी गरेका हुन् ।

नवनियुक्त मन्त्री दाहालले सोमबार पदभार ग्रहण गर्दै दुर्घटना कम गर्नका लागि नीतिगत कदम चाल्नुपर्ने आवश्यकता देखेको बताएका छन् । मन्त्रालय अन्तर्गतका धेरै क्षेत्रमा समस्या रहेकोले समाधानका लागि आफ्नो तत्परता रहन पनि उनले बताए । मन्त्री दाहालले सार्वजनिक खरिद ऐन संशोधन गर्ने र क्यालेन्डर बनाएर काम गर्ने कुरामा जोड दिएका हुन् ।
विकासलाई तीव्रता दिने काम यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको भएकाले आफ्नो जिम्मेवारी ठुलो रहेको उल्लेख गरे । उनले ठेकेदारको भुक्तानीका विषयमा अध्ययन गरेर समयमै भुक्तानी गरिने प्रतिबद्धता समेत जारी ।

उनले पदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिपदमा पेश गर्ने निर्णय गरेका छन् । एमालेबाट सरकारमा सहभागी उनको मन्त्रालयमा पहिलो यात्रा हो । एमाले–काँग्रेसको गठबन्धनको सरकार बनेसँगै २२ जना मन्त्रीसहित सरकारले पूर्णता पाएको छ । दाहाल राष्ट्रिय सभा सदस्य हुन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।