टिकट काउन्टर नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनको आग्रह 


  प्रकाशित मिति : २०८१ असार ३१ गते, ३:१२

 काठमाडौं– काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनहरुले आग्रह गरेका छन् । 

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै यातायात व्यवसायीलाई आतङ्कित बनाइएकोले सो कार्य नगर्न नेपाल यातायात मजदुर संघ, अखिल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले महानगरलाई साे आग्रह गरेका हुन् । 

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसंगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरूको आग्रह छ । 

सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरिएको छ । 

majdur-yatay-sangathan-1721035572.jpg​ ​

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।