हराएका २१ वटा सवारी साधन खोजेर सम्बन्धित धनीलाई हस्तान्तरण


  प्रकाशित मिति : २०८१ असार ३१ गते, ३:०१

काठमाडौँ- हराएका २१ वटा सवारी साधन खोजेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।

हराएका तथा चोरी भएका २१ वटा दुई पाङग्रे सवारी साधन भेटिएका हुन् । भेटिएका ती सवारी साधन ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरवार, कपन, रामहिटी गौशाला, नयाँ बसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानीवन, गौरी घाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतीदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २१ ओटा सहित ४१७ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको हाल सम्म चोरीका ३२ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न ४१ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।