काठमाडौं– दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।
मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।
टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।
गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताए, ‘यो दुखद घटनाबाट म निकै दुःखी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपूर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौँ र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







