ढुवानी सवारी धनीलाई अनिवार्य प्यान लिन सरकारको ताकेता


  प्रकाशित मिति : २०८१ असार २४ गते, ६:५८

काठमाडौँ- सरकारले ढुवानी सेवा दिइरहेका सवारीसाधन धनीलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिन ताकेता गरेको छ ।

आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार प्यान लिन अनिवार्य हुने ढुवानी साधन (ट्रक, टिपर र ट्याक्टर) धनीमध्ये कतिपयले अझै पनि प्यान नलिएको भन्दै यथाशीघ्र यस्तो नम्बर लिएर मात्र कारोबार गर्न ताकेका गरेको हो ।

कानून उल्लंघन गरी प्यान नलिएको पाइए कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ । सरकारले यसअघि मालवाहक सवारीसाधन धनीले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको थियो ।

स्वयम् सवारीसाधन चलाइरहेका वा अर्को व्यक्ति वा संस्थालाई भाडामा चलाउन दिएका व्यक्तिले समेत प्यानमा दर्ता हुनुपर्ने विभागले स्पष्ट पारेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।