मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,एक जना घाइते


  प्रकाशित मिति : २०८१ असार १९ गते, ६:३९

कपिलवस्तु–कपिलवस्तुको शिवराज–९ बानियाभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।
बुधबार बिहान ११ः४० बजे बनकट्टाबाट रमवादह जाँदै गरेको लु ४३ प ७१२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटनामा सवारी चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


ज्यान जानेमा स्थानीय वर्ष २२ को सन्तोष विक रहेका छन् । दुर्घटनामा परी घाइते भएका विकको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, दुर्घटनामा घाइते हेमराज बुढामगरको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।