सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, घुम्न आएका पर्यटक अलपत्र


  प्रकाशित मिति : २०८१ असार १९ गते, १:०१

बागलुङ- सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् ।

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए । अहिले पनि उक्त क्षेत्रमा बर्षा भैरहेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।