बाँकेमा ३१ हजार १५९ सवारी साधन कारबाहीमा


  प्रकाशित मिति : २०८१ असार १९ गते, ११:१८

बाँके– बाँकेमा चालु आर्थिक वर्ष २०८०÷०८१ को असार पहिलो सातासम्म ३१ हजार १५९ सवारी साधनलाई कारबाहीमा परेका छन् ।यो आ.वमा जिल्लामा ३१ हजार १५९ सवारी साधनले नियम विपरीत सवारी चलाएको पाइएकाले उनीहरूलाई कारबाही गरेर जरिवाना असुल गरिएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । ती सवारी साधनलाई कारबाही गरेर दुई करोड ४४ लाख २७ हजार रुपियाँ राजस्व सङ्कलन समेत गरिएको छ । ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार लामो दुरीको यात्रामा दुई जना चालक नराख्ने ११० वटा सवारी साधनलाई कारबाही गरेर एक लाख १० हजार राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।


सोही प्रकारले चालकको लापरबाही र सर्वसाधारणले सडक अनुशासन पालना नगर्दा मानिसको ज्यान जाने हुँदा ट्राफिक नियम कडाइ र जानकारीको लागि दुई हजार ३२६ पटक एक लाख २० हजार ३६५ जना व्यक्ति र जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको प्रमुख सुवेदीले बताउनु भयो । यो वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने धेरै सवारी साधनलाई गरिएको कारबाहीका कारण दुर्घटनामा केही कमी भएको बाँके ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्लामा विभिन्न सवारी साधन दुर्घटनाबाट ६३ जनाले ज्यान गुमाएको तथ्याङ्ग रहेको छ । सडक दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल ११२,ट्रक १८, टिप्पर ४, बस १३, माइक्रो ४,जिप कार १७, ट्याक्टर ८,टेम्पो १२, र अन्य २२ गरेर २१० रहेको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।


ती दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जनाको मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–सुर्खेत सडकखण्ड, पूर्व पश्चिम राजमार्गको ढकेरी–शम्शेरगन्ज सडकखण्ड र नेपालगन्ज–गुलरिया सडकखण्डमा बढी दुर्घटनाहरू हुने गरेको पाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।