रोल्पाको माडी गाउँपालिकामा सोमबार साँझ भएको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जना एकै वडाका रहेका छन् ।रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाने क्रममा लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवाछहरा नजिक सडकभन्दा ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा चार महिला, दुई पुरुष र एक बालक छन् । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ । दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई डिस्चार्ज गरिएको छ । गम्भीर घाइते भएका ६ जनालाई बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।
रोल्पाका प्रहरीका प्रमुख डिएसपी भरत लामाले पहिरोका कारण दुर्घटना हुन पुगेको बताउनुभयो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले वर्षातका बेलामा सडक माथिबाट पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको बताउनुभयो । लामाले भन्नुभयो, “जिप चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै चिप्लो भएको कारण जिप सडकबाट तल खसेको अवस्था छ ।” दुर्घटनाको एक मात्रै प्रत्यक्षदर्शी यात्रु दिलकुकारी घर्तीमगरले चालकले जिप जोगाउन खोज्दा पनि नसकेको बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






