काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ ।
बिहान ८ बजे विमानस्थलका डिपाचरतर्फको सडकमा कार दुर्घटना भएको हो । दुर्घटना एक जना घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । घाइतेको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइतेको परिचय नखोलेको उनले बताए । ‘उक्त कारले अर्को ट्याक्सीलाई ठक्कर दिएर फेरि भित्तामा ठक्कर खान पुगेको हो । घाइतेको अवस्था गम्भीर रहेको छ ।
उनका अनुसार विपरित दिशाबाट आएर टर्निङ मोड्न खोज्न दुर्घटना भएको हो । त्यो सडक एकतर्फीमात्र बनाइएको छ । तर उक्त कार नियम मिचेर एकतर्फी सडकतर्फ आउन खोज्दा विपरित दिशाबाट आइरहेको ट्याक््सीसँग ठक्कर खान पुगेको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






