काठमाडौँ–चन्द्रागिरि केबलकारको आज र भोलि बन्द रहने भएको छ । नियमित मर्मत सम्भार तथा सुरक्षा जाँचका लागि दुई दिन केबलकारको सेवा बन्द गरिने चन्द्रागिरि हिल्सले जनाएको छ । पर्सि १९ गते बुधवारदेखि भने केबलकारको सेवा पूर्ववत् सञ्चालन हुने चन्द्रागिरि हिल्सले निकालेको विज्ञप्तिमा जनाईएको छ ।
चन्द्रागिरि केबलकारका यात्रुको सुरक्षाका लागि कम्पनीले निर्धारण गरेको तालिका अनुसार नै मर्मत तथा सम्भारको काम हुन लागेको कम्पनीको भनाइ छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






