काठमाडौँ–दाङमा गुडिरहेको अटोबाट खस्दा आइतवार एक जनाको ज्यान गएको छ । दाङको खैरा–कोठरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–९ अस्पारामा गुडिरहेको रा १ ह ५०८८ नम्बरको अटोबाट खस्दा घोराही उपमहानगरपालिका–१०नारायणपुर निवासी ६० वर्षीय वसन्तबहादुर घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
खैराबाट कोठरी जाँदै गरेको अटोबाट खसेर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






