ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


  प्रकाशित मिति : २०८१ असार १६ गते, ५:५६

 म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवारी रामेछापको खाँडदेवी गाउँपालिका–८ का ३२ वर्षीय रवी भण्डारीको मृत्यु भएको हो। 

उनलाई दिउँसो १२:२० मा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए। 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।