काठमाडौँ–ललितपुर महानगरले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नख्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण कार्य सम्पन्न गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार ६ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शनिबार उद्घाटन गरेका छन । यस्तै,उक्त पुल निर्धारित समयभन्दा पाँच महिनाअघि नै निर्माण समाप्त भएको उनको भनाइ छ ।
यो पुलबाट धापाखेल र ठेचोवासी प्रत्यक्ष लाभान्वित हुने बताईएको छ । उक्त कार्यक्रममा २२ का वडाध्यक्ष सागर तुलाधर,२६ का अध्यक्ष सुरेश महर्जन र २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरूप निर्धारित समयअगावै पुल सम्पन्न भएको बताए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






