श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान सफल


  प्रकाशित मिति : २०८१ असार ६ गते, ९:०८

काठमाडौँ- श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौँबाट भरतपुर उडान भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौँबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या भएन । विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।