महालक्ष्मी नगरपालिकाले जडान गर्‍यो स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट


  प्रकाशित मिति : २०८१ असार २ गते, २:३०

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकाले स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट जडान गरेको छ ।

पैदल यात्रीहरुका लागि सजिलो होस् भन्ने उद्देश्यले प्रविधिको युगमा अत्याधुनिक मेसिनबाट धेरै कामहरु भइरहेका बेला नगरपालिकाले स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट जडान गरेको हो । एक कार्यक्रमकाबीच नगरपालिकाले सो सेवा सुरु गरेको हो ।

नगरपालिकाको बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा यस्ता ट्राफिक लाइट सञ्चालनमा ल्याएको र आगामी दिनमा अन्य भिडभाड हुने स्थानमा समेत थप गर्ने नगरपालिकाले जनाएको छ ।

यस्ता लाइटले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । स्वचालित जेब्रा क्रसिङ ट्राफिक लाइट काठमाडौँ उपत्यकाका विभिन्न पालिकामा प्रयोगमा आइसकेका छन ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।