न्युरोड-हाँडीगाउँजस्ता प्राचीन क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाइने


  प्रकाशित मिति : २०८१ असार १ गते, ७:००

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्त्विक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने घोषणा गरेको छ ।

मेयर बालेन शाहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए ।

बृहत् हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।