सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिने चारवटा ट्रायल सेन्टर बन्द भएपछि काठमाडौं उपत्यकामा तीन सातादेखि आवेदन ठप्प भएको छ । मापदण्ड नपुगेको भन्दै वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्रायल सेन्टर बन्द गरेपछि सेवाग्राहीले नयाँ आवेदन दिन नपाएका हुन् ।
यातायात व्यवस्था कार्यालयअन्तर्गत उपत्यकाको चार स्थानमा रहेका प्रयोगात्मक परीक्षा दिने ट्रायल सेन्टर बन्द भएपछि आवेदन लिन बन्द गरिएको हो ।
यातायात व्यवस्था कार्यालय चाबहिल, ठुलोभर्याङ, एकान्तकुना, ललितपुर र राधेराधे भक्तपुरले प्रयोग गर्ने ट्रायल सेन्टर गत जेठ ३ देखि बन्द छन् । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ बमोजिम उक्त ट्रायल सेन्टरहरू सञ्चालन नभएको भन्दै राष्ट्रिय सर्तकता केन्द्रले बन्द गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार केही समयका लागि ट्रायल सेन्टर बन्द गरिएको प्रदेश यातायात मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले बताउनुभयो ।
छिट्टै नै ट्रायल सेन्टर खोलेर रोकिएका ट्रायललाई नियमित गरिने उहाँको भनाइ छ । अहिलेसम्म सरकारले आफ्नै ट्रायल सेन्टर सञ्चालन गरेको छैन ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







