कालो भिरको पहिरो सेनाले पन्छायो


  प्रकाशित मिति : २०८० भदौ ३१ गते, ४:१३

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा गएको सुख्खा पहिरो नेपाली सेनाले पन्छाएर आवतजावतमा सहज बनाएको छ ।
त्यस क्षेत्रमा माथिबाट आएको पहिरोले सडकमा ठुला ठुला ढुङ्गा र माटोले सडक ढाकिएको थियो । पहिरोलाई नेपाली सेनाको टोलीले १२ घण्टापछि पन्छाएर सवारी साधनलाई सहज बनाएको हो ।
नेपाली सेनाको टोलीले पहिरो पन्छाउन मेसिन प्रयोग गरी हटाएको स्थानीयबासी छयाङ लामाले बताउनुभयो । त्यस पहिरोले ७ मिटर बाटो अवरुद्ध भएको थियो ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।