उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ ।
उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ) ले हिजो पाँच शव फेला पारेपछि घटनास्थलबाट थप चार शव फेला पारेको छ । एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए ।
उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ । “अपरेसनमा हिजो १३ पदयात्रीको सकुशल उद्धार गरिएको छ, सुरक्षित रहेका आठ पदयात्रीलाई देहरादुन पठाइएको छ, अन्य पाँचलाई आज देहरादुन पठाइएको छ”, प्रहरीले भनेको छ ।
कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । रासस
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







